आरम्भ चौतारी लघुवित्तको खुद ब्याज आम्दानी बढेपनि नाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?

११ माघ २०७८, मंगलवार ११:५८

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसारका संस्थाको खुद नाफा घट्न पुगेको छ ।

पुष मसान्तसम्ममा संस्थाले ४ करोड ३५ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आवको तुलनामा ३०.२४ प्रतिशतले कमी हो । गत आवको यसै अवधिसम्ममा संस्थाले ६ करोड २४ लाख १४ हजार रुपैयाँ खुद नपाmा आर्जन गरेको थियो ।

साथै यस अवधिसम्ममा कम्पनीले खुद ब्याज आम्दानी र संचालन मुनाफा भने बढाएको छ । गत आवमा १३ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले ४१ प्रतिशतले बढाएर यस आवमा १८ करोड ८२ लाख खुद ब्याज आम्दानी गरेको छ । साथै संचालन मुनाफा पनि गत आवको तुलनामा ४.०३ प्रतिशतले बढाएर ६ करोड ३२ लाख ४८ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

कम्पनीले गत आवमा ३ करोड ८२ लाख रुपैयाँ राइट ब्याक गरेकोमा यस आवमा ५८ लाख रुपैयाँ मात्र राइट ब्याक गरेकोमा कम्पनीको खुद नाफा घट्न पुगेको हो ।

त्यस्तै, यस अवधिसम्ममा कम्पनीको चुक्तापूँजी ३० करोड ६९ लाख २३ रुपैयाँ रहेकोमा कम्पनीको जगेडा कोषमा १९ करोड १० लाख ४५ हजार रुपैयाँ संचित रहेको छ । त्यस्तै, कप्मनीको रिजर्भ कोषमा ४४.६८ प्रतिशत सुधार हुँदै १९ करोड १० लाख रुपैयाँ जम्मा भएको छ । यस अवधिसम्ममा कम्पनीको वार्षिकी प्रतिशेयर आम्दानी २८ रुपैयाँ ३७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ६५ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*