आइपीओ निष्काशनको पखाईमा रहेको सीवाइसी नेपाल लघुवित्तको यस्तो देखियो दास्रो त्रैमासको वित्तीय विवरण

११ माघ २०७८, मंगलवार १२:०४

काठमाडौ । आइपीओ निष्काशनको पखाईमा रहेको सीवाइसी नेपाल लघुवित्त वित्तीयले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा ६० प्रतिशतले खुद नाफा वृद्धि गरेको छ । पुस मसान्तसम्म ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको यहि त्रैमासमा यसले ३ करोड ६३ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।

दास्रो त्रैमाससम्म्मा खुद ब्याज आम्दानी ५४.१४% ले बढ्दा सञ्चालन नाफा भने २३.२१% ले घटेको छ । यो त्रैमाससम्म आइपुग्दा कम्पनीले ६ करोड ४२ लाख रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । यसले गर्दा कम्पनीको नाफा बढेको देखिन्छ । हाल यसको चुक्ता पुँजी ८ करोड २१ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १५ करोड २८ लाख रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*