सेन्ट्रल फाइनान्सद्धारा शेयरधनीको बैंक खातामा नगद लाभांश पठाउन सुरु

११ माघ २०७८, मंगलवार १२:१७

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडद्धारा नगद लाभांश वितरण सुरु गरेको छ । बैंकको पुस ३० गते सम्पन्न २५ औं वार्षिक साधारणबाट गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्मनीले आजेदेखि एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंमा सम्बन्धीत शेयरधनीको हितग्राही खातामा उपलब्ध गराएको बैंक खातामा नगद लाभांश क्रमश जम्मा गर्ने ब्यवस्था मिलाएको जनाएको छ । हालसम्म पनि शेयर अभौतिकीकरण नराउनु भएका शेयरधनीहरुले यथाशक्य अभौतिकीकरण गराई नगद लाभांश प्राप्त गर्ने कम्पनीले अनुरोध समेत गरेको छ ।

साथै साधारण सभाबाट पारित भएको ७.७० प्रतिशत बोनस शेयरलाई सूचिकरण भए पश्चात सम्बन्धीत खातामा जम्मा गर्ने जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*