आशा लघुवित्तको खुद र संचालन नाफामा उत्साहजनक प्रगति

११ माघ २०७८, मंगलवार १२:२२

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रौ त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार संस्थाले खुद नाफामा उल्लेख्य बृद्धि गरेको छ ।

कम्पनीले चालु आवको पुष मसान्तसम्ममा ८ करोड ७३ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन गत आवको तुलनामा २५ प्रतिशते बढी हो । गत आवको यसै अवधिसम्ममा संस्थाले ७ करोड १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी र संचालन मुनाफामा पनि उल्लेख्य आम्दानी गरेको छ । गत आवमा ११ करोड ६८ लाख ३८ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको संस्थाले ५० प्रतिशतले बढाएर १७ करोड ५३ लाख २० हजार रुपैयाँ यस आवमा आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, संचालन मुनाफा पनि गत आवको तुलनामा ५२ प्रतिशतले बढेर १३ करोड ८५ लााख २९ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत आवमा संस्थाले यस्तो मुनाफा ९ करोड १० हजार रुपैयाँ मात्र आर्जन गरेको थियो । यस आवमा संस्थाले खुद ब्याज आम्दानी र संचालन मुनाफामा उल्लेख्य बृद्धि गरेसँगै कम्पनीको खुद नाफा बृद्धि हुन पुगेको हो ।

पुष मसान्तसम्ममा संस्थाले १ अर्ब ५३ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ७३ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ७५ करोड ९२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यस अवधिसम्ममा संस्थाको चुक्तापूँजी २६ करोड ७१ लाख रुपैयाँबाट बढेर ३३ करोड ३९ लाख १४ हजार रुपैयाँ रहेकोमा कम्पनीको जगेडा कोषमा १८ करोड २० लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै, पुष मसान्तसम्ममा कम्पनीको बार्षिकी प्रतिशेयर आम्दानी (इपिएस) ५२ रुपैयाँ ३४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ५२ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*