राष्ट्रिय वाणिज्य बैंकद्धारा डोटीमा पहिलो पटक क्युआर कोडबाट रकम भूक्तानी दिन सुरु

११ माघ २०७८, मंगलवार १२:२४

काठमाडौं । सुदुरपश्चिम प्रदेशको डोटी जिल्लामा पहिलो पटक राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाले क्युआर कोडबाट रकम भुक्तानी गर्ने सुरु गरेको छ । बैंकमा खाता खोलेका तथा मोबाइल बैंकिङ भएका ग्राहकको सहजताका लागि जिल्लामै पहिलो पटक उक्त सेवाबाट भुक्तानी दिन सुरु गरेको हो ।

बैंकले आफ्ना ग्राहकहरुको सहजताका लागि मोबाइल बैंकिङ भएका ग्राहकले सिधै बैंकमा आएर आफ्नो मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरेपछि एकपटकमा न्यूनतम ५ सय रुपैयाँदेखि १ लाखसम्मको रकम झिक्न पाउने ब्यवस्था रहेको छ ।

उक्त सेवाको शुभारम्भ भएसँगै ग्राहकलाई सहज झन्झटरहित तथा छिटो छरितो तरिकाबाट भुक्तानी हुनुका साथै पालो कुर्नुपर्ने समस्याको समाधान हुने विश्वास बैंकले लिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*