ग्रीन डेभलपमेन्ट बैंकको खुद नाफा ३८ प्रतिशतले घट्यो, अन्य सूचक कस्तो ?

११ माघ २०७८, मंगलवार १२:४५

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा खुद नाफा घट्न पुगेको छ । बैंकले पुष मसान्तसम्मको सार्वजनिक गरेको अपरिकृष्ट वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ३८.६९ प्रतिशतले घटेको हो ।

गत आवको यसै अवधिसम्ममा बैकले २९ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा यस आवमा सोही प्रतिशतले घटेर १८ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ ।

समिक्षा अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी बढेको छ भने संचालन मुनाफा घट्न पुगेको छ । कम्पनीको संचालन नाफामा गिरावट आउँदा खुद नाफा घट्न पुगेको हो ।

गत आवमा ३ करोड ९० लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस आवमा ४४ प्रतिशतशतले बढाएर ५ करोड ६४ लाख ९५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

त्यस्तै, संचालन मुनाफा गत आवमा ५२ लाख ७ हजार रुपैयाँ आर्जन गरेकोमा यस आवमा ५० प्रतिशलते घटेर २५ लाख ७९ हजार रुपैयाँ मात्र आर्जन गरेको छ ।

यस अवधिसम्ममा कम्पनीको चुक्तापूँजी ५१ करोड ९० लाख रुपैयाँ रहेकोमा जगेडा कोषमा २ करोड ९० लाख ९७ हजार रुपैयाँ संचित रहेको छ । साथै कम्पनीको वार्षिैकी प्रतिशेयर आम्दानी ०.७ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ५२ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*