स्वरोजगार लघुवित्तद्धारा शेयरधनीहरुलाई बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह

११ माघ २०७८, मंगलवार १३:१९

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले बोनस शेयर बापतको रमक जम्मा गर्ने शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीको कात्तिक २७ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाले पारित गरेको २५ प्रतिशत शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।

जनकपुर लघुवित्त वित्तीय संस्थालाई यस संस्थाले प्राप्ति गरि एकीकृत कारोबार शुरु भएपछि असोज २५ गते पछि शेयर खरिद गरेका शेयरधनीहरुको हकमा सो कर बापतको रकम स्वयम शेयरधनीले नै तिर्नुपर्ने छ ।

उक्त कर वापतको रकम स्वरोजगार लघुवित्तको ००३०००९८८०२०००३१ खाता नम्बरमा जम्मा गरी कम्पनीको इमेल मार्फत पठाएपछि क्रमश बोनस शेयर जम्मा गर्ने जनाएको छ ।
कम्पनीको शेयर रजिष्ट्रारका रुपमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*