लाभांश पाउन एशियन लाइफ इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

११ माघ २०७८, मंगलवार १५:०९

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन १०० अंकले घटेको नेप्से परिसूचक आज ५.९२ अंकले घट्न पुगेको छ ।

नेप्सेमा सूचीकृत २२९ कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन सय अंकले नेप्से घटेतापनि कारोबार ८ अर्बमाथि नै रहेको थियो । आज झिनो अंकले नेप्से घट्दा कारोबार पनि ५ अर्बमाथि सीमित हुन पुगेको छ ।

सोही रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक एशियन लाइफ इन्स्योरेन्सको भएको छ । कम्पनीको आज एकैदिन २६ करोड ९४ लाख ५१ हजार ४१७ रुपैयाँको कारोबार भएको छ । कम्पनीले २५ प्रतिशत लाभांश वितरणका लागि भोलि बुकक्लोज गर्नेभएसँगै आज लगानीकर्ताहरु सो कम्पनीमा झुम्मिएका हुन् ।

त्यस्तै, अपि पावरको २२ करोड ८२ लाख, एनआइसी एशिया बैंकको १९ करोड ६८ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड २२ लाख र नेशनल हाइड्रोपावरको १२ करोड ७६ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

share

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*