उतार चढाव हुँदै पाँच अंकले घट्यो नेप्से, घट्यो कारोबार

११ माघ २०७८, मंगलवार १५:१६

काठमाडौं । साताको तेस्रो दिन नेप्से सामान्य अंकल घटेर कारोबार बन्द भएको छ । दिनभरको उतार चढावका बीचमा कारोबार बन्द हुँदा नेप्से ५.९२ अंकले घटेको छ । मंगलबार कारोबार अपरान्ह २८५७ सम्म पुगेको नेप्से कारोबार बन्द हुँदा २८१४.७४ मा झरेको थियो ।

मंगलबार नेप्सेमा २२९ वटा कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर पाँच अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा आज कारोबार उच्च अंकले घटेको हो । हिजो आठ अर्बभन्दा बढि कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*