दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

११ माघ २०७८, मंगलवार १५:१६

काठमाडौं । साताको दोस्रो दिन भारी अकंले गिरावट आएको नेप्सेमा साताको तेस्रो दिन सामान्य अकंले मात्र घट्न पुगेको छ । नेप्से परिसूचक आज ५.९२ अकंले घटेको छ ।

पूँजी बजारमा नेप्सेमा सूचिकृत २२९ कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ रुपैयाँ माथिको कारोबार भएको छ ।

झिनो अंकले घटेको शेयरमा बजारमा आज २ कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।

त्यस्तै, पोखरा फाइनान्सको ८.२५ प्रतिशत, कालिका लघुवित्तको ४.५२ प्रतिशत, समलिङ पावरको ४.०३ प्रतिशत, ओरेन्टल होटेलको ३.०९ प्रतिशत र आशा लघुवित्तको २.४८ प्रतिशतले वृद्धि भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*