झिनो अंकले घटेको शेयरमा बजारमा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

११ माघ २०७८, मंगलवार १५:२१

काठमाडौं । नेपाली शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । अघिल्लो दिन सोमबार १०० अंकले घटेको शेयर बजार आज ५.९२ अंकले मात्र घटेको छ ।

पूँजी बजारमा नेप्सेमा सूचिकृत २२९ कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर किनबेच भएको हो । सामान्य अंकले नेप्से घटेपनि आज कारोबार ५ अर्बमा सीमित भएको छ ।

झिनो अकंले नेप्से घट्दा कारोबार भने ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ रुपैयाँमा सिमित भएको छ । अघिल्लो दिन उच्च अंकको गिरावट आउँदा कारोबार ८ अर्बमाथि नै उत्साजनक रहेको थियो ।

आज नेप्सेमा सामान्य अंकले घटेपनि केही कम्पनीको शेयरमूल्य उच्च घट्न पुगेको छ । सर्वाधिक गुमाउने कम्पनीमा कृषि विकास बैंकको डिबेञ्चर रहेको छ । डिबेञ्चरको आज ८.३४ प्रतिशतले घट्न पुगेको हो ।

त्यस्तै, गोर्खास फाइनान्सको ४.५८ प्रतिशत, समिट लघुवित्तको ३.१८ प्रतिशत, समता घरेलु लघुवित्तको ३.०३ प्रतिशत, चन्द्रगिरि हिल्सको २.७३ प्रतिशत, र्मिमिरे माइक्रोफाइनान्सको डेभलपमेन्ट बैंकको २.५० प्रतिशत र शिव श्री हाइड्रोपावरको २.१८ प्रतिशतले घटेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*