थप १२ हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि

११ माघ २०७८, मंगलवार १७:११

काठमाडौ । आज थप १२ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस संक्रमण बाट आज ८ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभरमा ८८ हजार ९३४ सक्रिय संक्रमित छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ४५ हजार ६३४ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*