नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयरमा भोलिसम्म आवेदन दिन पाईने

११ माघ २०७८, मंगलवार १७:१७

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिनका लागि थप भएको अवधि भोलि सकिदैछ ।

कम्पनीको हकप्रद खरीदका लागि शुुरुमा पुस ७ गतेदेखि २७ गतेसम्म विक्रीको मिति तय गरिएकोमा माघ १२ गतेसम्मको मिति थप गरिएको हो । कम्पनीले मंसिर २४ गते हकप्रद शेयर प्रयोजनका लागि बुक क्लोज गरेकाले मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले १ बराबर १ को अनुपातमा रू. १३ करोड १२ लाख ३३ हजार ८०० बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । यो हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*