हिमालयन बैंकको खुद नाफामा सुधार, अन्य सूचक कस्तो ?

१२ माघ २०७८, बुधबार ११:१८

काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार देखिएको हो ।

पुस समान्तसम्म आइपुग्दा कम्पनीको खुद नाफा १३.८० प्रतिशतले बढेर ७४ करोड ३४ लाख ५० हजार रुपैयाँ पुगृेको छ । गत वर्षको यसैअवधिमा भने ६५ करोड ३२ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफामा समेत सामान्य सुधार आएको देखिन्छ । कम्पनीको सो अवधिमा खुद ब्याज आम्दानी ८.९१ प्रतिशतले बढेर १ अर्ब ९१ करोड ६५ लाख ४९ हजार रुपैयाँ र संचालन नाफा ७.६६ प्रतिशतले बढेर १ अर्ब ६ करोड २० लाख ८९ हजार रुपैयाँ पुगेको छ ।

दोस्रो त्रैमासम्म आइपुग्दा वितरणा बैंकको योग्य नाफा २४ करोड ५१ लाख ५२ हजार रुपैयाँ छ । साथै बैंकको वार्षिकी प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४७ पैसा रहेको छ भने प्रतिशत नेटवर्थ १५७ रुपैयाँ ५ पैसा रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी १२ अर्ब ९६ करोड ८७ लाख रुपैयाँ रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*