चालु आवको पुष मसान्तसम्ममा सबैको लघुवित्तको खुद नाफा ८७ प्रतिशतले बृद्धि

१२ माघ २०७८, बुधबार ११:४४

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा उल्लेख्य खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासम्मको वित्तीय विवरणअनुसार ५ करोड ७१ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

गत आवको यसै अवधिसम्ममा संस्थाले ३ करोड ४ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस आवमा संस्थाको खुद नाफा गत आवको तुलनामा ८७ प्रतिशतले बढी हो ।

त्यस्तै, पुष मसान्तसम्ममा कम्पनीले खुद ब्याज आम्दानी र संचालन मुनाफामा पनि प्रसंशनीय सुधार गरेको छ । खुद ब्याज आम्दानी र संचालन मुनफामा सुधार आएसँगै कम्पनीको नाफा बढ्न पुगेको हो ।

कम्पनीले यस अवधिमा ६८ प्रतिशतले बृद्धि भएर १३ करोड ३१ लाख ७४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने संचालन मुनाफा ४७ प्रतिशतबले बृद्धि भएर ७ करोड १४ लाख ४८ हजार रुपैयाँ आर्जन गरको छ ।

त्यस्तै, समिक्षा अवधिसम्ममा कम्पनीको चुक्तापूँजी १८ करोड रुपैयाँबाट बृद्धि भएर २७ करोड पुगेकोमा कम्पनीले जगेडा कोषमा ११ करोड ८० लाख ९३ हजार रुपैयाँ संचित गर्न सफल भएको छ ।

साथै कम्पनीको वार्षिकी प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ३६ पैसा र प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ७४ पैसा रहेकोमा मूल्य आम्दानी अनुपात ३७ रुपैयाँ ३० पैसा र तरलता अनुपात १३.४३ प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*