लक्ष्मी लघुवित्तको खुद ब्याज आम्दानीमा उल्लेख्य बृद्धि, नाफामा सामान्य सुधार

१२ माघ २०७८, बुधबार ११:५९

काठमाडौं( । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार संस्थाको खुद नाफामा सामान्य सुधार देखिएको छ ।

चालु आवको पुष मसान्तसम्ममा संस्थाले ९ करोड २४ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । जुन गत आवको तुलनामा २.२६ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्ममा कम्पनीले ९ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीले खुद ब्याज आम्दानी २१.३४ प्रतिशतले बृद्धि गरी २७ करोड १७ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ भने संचालन नाफा ३.२५ प्रतिशतले बढेर १४ करोड ६७ लाख ३३ हजार रुपैयाँ कमाएको छ । गत आवमा कम्पनीले खुद ब्याज आम्दानी २२ करोड ३९ लाख ३६ हजार र संचालन मुनफा १४ करोड २१ लाख १८ हजार रुपैयाँ मात्र आर्जन गरेको थियो ।

चालु आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको चुक्तापूँजी २० प्रतिशतले बृद्धि भई ३८ करोड ४० लाख ५४ हजार रुपैयाँ रहेकोमा जगेडा कोषमा ३६ करोड ७० लाख रुपैयाँ संचित रहेको छ । साथै कम्पनीको वार्षिकी प्रतिशेयर आम्दानी ४८ रुपैयाँ १४ पैसा र प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ५६ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*