विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको शेयरमा सर्किट

१२ माघ २०७८, बुधबार १२:२७

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार खुलेको करिब डेढ घण्टामा दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

यो समाचार तयार पार्दासम्म कारोबारमा आएका २२१ कम्पनीमध्ये विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।

विन नेपाल लघुवित्तको अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले बृद्धि भएर शेयरमूल्य १२१६ रुपैयाँ ६० पैसा पुगेको छ भने बुद्धभूमि हाइड्रोपावरको शेयरमूल्य ४३६ रुपैयाँ २० पैसा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*