धौलागिरी लघुवित्तले ३ लाख कित्ता आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

१२ माघ २०७८, बुधबार १३:५०

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले ३ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न बिक्री प्रबबन्धकमा आज सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

साधारण शेयर निष्काशन सम्बन्धि दुईपक्षबीच भएको सम्झौतामा लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मीन बहादुर बोहरा तथा सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले आज (माघ १२) गते हस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चात संस्थाले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आइपीओ जारी गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*