हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

१२ माघ २०७८, बुधबार १५:०८

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्सेमा गिरावट आएको छ । पछिल्लो केही दिनयता नेपाली शेयर बजारमा लगातार गिरावट आएको छ । अघिल्लो दिन सामान्य गिरावट आएको शेयरबजारमा आज ३८ अंकले घटेको छ ।

नेप्सेमा सूचीकृत २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन ५ अर्बमाथि कारोबार सीमित हुँदा आज ४ अर्बमा कारोबार खुम्चिन पुगेको छ ।

सोही रकम बराबरको कारोबार हुँदा सर्वाधिक अपि पावरको भएको छ । अपि पावरको आज एकैदिन १६ करोड ७७ लाख ५७ हजार ४३४ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको १३ करोड ५५ लाख, अपर तामाकोशीको १० करोड ३१ लाख, एचआइडिसिएलको ९ करोड ८६ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ४० लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*