दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, यी हुन् आज सर्वाधिक कमाउने कम्पनी

१२ माघ २०७८, बुधबार १५:१८

काठमाडौं । साताको चौथो दिन नेप्से फेरी राताम्य भएको छ । मंगलबार सामान्य अकंले घटेको नेप्से बुधबार भने ३८.४५ अकंले घट्न पुगेको हो ।

आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३३ कम्पनीको ९३ लाख ५८ हजार ७ सय कित्ता शेयर किनबेच हुदाँ कारोबार भने ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजारमा सिमित भएको हो ।

नेप्से राताम्य हुदाँ आज कारोबार पनि ४ अर्बमा सिमित भएको छ । नेप्सेमा ३८ अंकको गिरावट आएतापनि आज २ कम्पनीको शेमयरमा सर्किट लागेको छ । बुधबार वन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।

त्यस्तै, सिइडिबी हाइड्रोपावर डेभलपमेन्टको ४.९७ प्रतिशत, सानिमा जनरल इन्स्योरेन्सको ४.०३ प्रतिशत, मैलुङ खोला जलविद्युतको १.९७ प्रतिशत, कालिका लघुवित्तको १.९७ प्रतिशत, यूनाइटेड आइडिआइ मार्दी आरबि हाइड्रोपावरको १.६३ प्रतिशत र एनएमबि डिबेञ्चरको १.५५ प्रतिशतले बढेको हो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*