आज कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

१२ माघ २०७८, बुधबार १५:२०

काठमाडौं । साताको तेस्रो दिन सामान्य अकंले घटेको नेप्से साताको चौथो दिन भने राताम्य भएको छ । आज नेप्से ३८.४५ अकंले घट्न पुगेको हो ।

आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३३ कम्पनीको ९३ लाख ५८ हजार ७ सय कित्ता शेयर किनबेच भएको हो । नेप्से आज राताम्य हुदाँ कारोबा पनि ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजारमा सिमित भएको हो ।

बुधबार शेयरबजारमा गिरावट आउँदा सर्वाधिक गुमाउने कम्पनीमा पोखरा फाइनान्स रहेको छ । कम्पनीको आज ५.५९ प्रतिशतले घट्न पुगेको हो ।

त्यस्तै, सेन्ट्रल फाइनान्सको ४.२८ प्रतिशत, मानुषि लघुवित्तको ४.२४ प्रतिशत, समृद्धि फाइनान्सको ३.६५ प्रतिशत, सानिमा इक्वाटी फण्डको ३.६४ प्रतिशत, घलेम्दी हाइड्रोको ३.५० प्रतिशत र एशियन लाइफ इन्स्योरेन्सको ३.४६ प्रतिशतले घटेको हो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*