एनआईसी एसिया बैंकमा पैसा राखेकी ५३ बर्षिय गुरुङको खाताबाट चार लाख झिकियो, छानविन गर्नुको साटो सिईओले गरे कर्मचारीको सरुवा

१२ माघ २०७८, बुधबार १५:३९

काठमाडौं । सरकारले हरेक नागरिकलाई अनिवार्य बैंकिङ कारोबार गर्न भनेपनि बैंकका कर्मचारीहरु बेईमान बन्दा सर्वसाधारण जनता बैंकमा खाता खोल्न हिच्किचाउनुपर्ने अवस्था आएको छ ।

प्रसंग एनआईसी एसिया बैंक पोखरास्थित लेखनाथ नगरपालिका ताल्चोकको हो । पोखरास्थित गण्डकी टेलिभिजनबाट प्रशारित हुने कार्यक्रम गण्डकी छड्केका पत्रकार अपिल त्रिपाठीले एनआईसी एसिया बैंकबाट तीन लाख ९५ हजार रुपैयाँ बेपत्ता भएको सम्बन्धमा रिपोर्ट सार्वजनिक गरेपछि सो विषय आम चासोको विषय बनेको छ । सो विषयमा सामाजिक अभियान्ता दीपेन्द्र कँडेलले समेत पीडितलाई न्याय दिलाउन आफूले कानुननी लडाईका लागि जस्तोसुकै सहयोग गर्ने प्रबिद्धता जनाएका छन् ।

एनआईसी एसिया बैंकले ताल्चोक, कास्की लेखनाथ शाखाले स्थानीय ५३ बर्षिया विष्णु कुमारी गुरुङलाई आफ्नो छोराले विदेशबाट पठाएको पैसा बेपत्ता बनाएको हो । ति महिलाको छोराले विदेशबाट सो बैंकका कर्मचारीकै संलग्नतामा योजनाबद्ध चोरेको आशंका गरिए पनि चार महिनादेखि पीडित महिलाले रकम फिर्ता पाउन सकेकी छैनन् ।

सो शाखामा खाता खोलेर रकम जम्मा गरेकी पोखरा भण्डारढिककी ५३ बर्षिय विष्णु कुमारी गुरुङ्ले आफ्नो खाताबाट तीन लाख ९५ हजार रुपैयाँ बेपत्ता भएको भन्दै पटक–पटक बैंक र प्रहरीमा उजुरी गर्दा समेत न्याय पाउन सकेकी छैनन् । उनको खाताबाट गत सेप्टेम्वर १६ तारिखका दिन विहान ११ः३९ बजे खाताबाट तीन लाख ९५ हजार रकम झिकिएको छ । बैंकको सिसीटिभी फुटेजमा एक व्यक्ति सोही समयमा बैंकको टेलरमा आएर रकम झिकेर निर्धक्क बाहिरिएको देखिएको कास्की प्रहरीले जनाएको छ ।

रोचक कुरा के छ भने उनको खाताबाट रकम झिक्न प्रयोग गरिएका सुरेश अधिकारी सम्पर्कमा आएर आफूले रकम नझिकेको मात्रै होइन, हालसम्म पोखरा नै नपुगेको दावी गरेका छन् । उनले फेसबुकमा राखेको लाईसेन्सलाई फोटोसपबाट सम्पादन समेत गरेर नविकरण मिति सक्किएको लाईसेन्सको मिति सच्याएर रकम झिकिएको पाइएको छ । चेकबाट रकम झिक्दा रकम लैजाने व्यक्तिको मोबाइल नम्वर समेत हुने, सिसीटिभी फुटेजमा व्यक्तिको अनुहार चिनिने भएपनि खोजी गर्न बैंक प्रशासनले चासो दखिएको छैन ।

प्रारम्भिक रुपमा प्राप्त विवरणमा ति महिलाकै चेकबुक प्रयोग भएको, अन्य समयमा उनले आफूले चेक खिच्न नजान्ने भएकोले बैंकका कर्मचारीलाई लगाउने गरेकी थिईन् । ति महिलाको घरमा चेकबुक झिकेर रकम चोरी गर्न सक्ने अर्को व्यक्ति समेत नभएकोले घटनामा बैंककै कर्मचारीको संलग्नता रहेको आशंका गरिएको छ । यद्यपि बैकका सिईओ रोशन कुमार न्यौपानेले ग्राहकको खाताबाट झिकिएको तीन लाख ९५ हजार रुपैयाँको काण्डको छानविन गर्न आनाकानी गरेको बैंक स्रोतले जनाएको छ । स्रोतका अनुसार सिईओ न्यौपानेले सो घटनामा संलग्नता व्यक्तिको पहिचान गरी कारवाही गर्नुको साटो सो शाखाका प्रमुख अनिल न्यौपानेलाई कारवासोती, नवलपरासी शाखामा सरुवा गरिएको छ भने टेलरमा कार्यरत कर्मचारीलाई समेत अन्यत्र नै सरुवा गरिएको बुझिएको छ ।

निरक्षर महिलालाई आफ्नो छोराले विदेशमा रगत पसिना बगाएर कमाएर पठाएको रकम बैंकको शाखाबाट हराएको सम्बन्धमा बैंकले निर्लज्ज ढंगले गैर जिम्मेवार बनेर प्रस्तुत भएको पाइएको छ । सो सम्बन्धमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको भएपनि बैंकको पूर्ण सहयोग नपाउँदा पीडित महिलाले न्याय पाउन सकेकी छैनन् ।

स्टेटमेन्ट/तस्विरः गण्डकी टेलिभिजन–गण्डकी छड्के कार्यक्रम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*