शिखर इन्स्योरेन्स कम्पनीद्धारा माघ २१ गते बुक क्लोज गर्ने निर्णय, ३० प्रतिशत हकप्रदमा आवेदन दिन पाँच दिनभित्रैमाा शेयर किन्नुपर्ने

१३ माघ २०७८, बिहीबार १०:२१

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले जारी गर्न अनुमति पाएको हकप्रद शेयरका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । गत वर्षको चैत्रमा सम्पन्न भएको साधारणसभाबाट पारित भइसकेको १०ः०.३ प्रतिशत हकप्रद शेयरलाई हालै मात्रै नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै अब निष्काशनको तयारी गरिएको हो ।

कम्पनीले हकप्रद प्रयोजनको लागि यही माघ २१ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीले निष्काशन गर्न लागेको ३० प्रतिशत हकप्रदमा आवेदन दिन माघ २० गते बिहिवारसम्म शेयर खरिद गरेका शेयरधनीहरुले मात्रै पाउनेछन् । ३० प्रतिशत हकप्रदमा आवेदन दिन पाँच दिनभित्रैमाा शेयर किन्नुपर्ने छ ।

कम्पनीले आज प्रकाशित गरेको सूचना अनुसार माघ २० गतेभित्र शेयर खरिद गरी शेयर दर्ता किताबमा दुई कार्यदिनभित्र दाखिलाका लागि आएका शेयरधनीहरुले मात्रै उक्त हकप्रद शेयरमा आवेदन दिन पाउनेछ । सो मितिभन्दा ढिला गरी शेयर खरिद गरेमा हकप्रदमा आवेदन दिन पाइनेछैन ।

हकप्रद प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिनुपर्नेछ । हकप्रदमा आवेदन दिँदा १० कित्ता शेयर हुनेले ३ कित्ताको लागि आवेदन दिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*