खुद ब्याज आम्दानी बढेपनि आरएसडिसी लघुवित्तको नाफा घट्यो, जगेडा कोषमा साढे ७ करोड भन्दा बढी संचित

१३ माघ २०७८, बिहीबार ११:४०

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार संस्था खुद नाफामा सामान्य गिरावट आएको छ ।

समिक्षा अवधिसम्ममा संस्थाले ४ करोड ८९ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा ६.५६ प्रतिशतले कमी हो । गत आवको यसै अवधिसम्ममा संस्थाले ५ करोड २३ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

पुष मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी बढेको छ भने संचालन नाफा घट्न पुगेको छ । संचालन नाफामा गिरावट आएसँगै कम्पनीको नाफा सामान्य घट्न पुगेको हो । गत आवमा तुलनामा यस आवमा संस्थाले १८.७९ प्रतिशतले बढेर ९ करोड ४३ लाख ८३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

त्यस्तै, संचालन मुनाफा भने गत आवमा ७ करोड ४७ लाख २५ हजार आर्जन गरेकोमा यस आवमा ६.७९ प्रतिशतले घटेर ६ करोड ९६ लाख ४८ हजार रुपैयाँ मात्रै आर्जन गरेको छ ।

पुष मसान्तसम्ममा कम्पनीको चुक्तापुँजी ७३ करोड १९ लाख रुपैयाँबाट बृद्धि भएरु ८० करोड ५१ लाख रुपैयाँ रहेकोमा संस्थाले जगेडा कोषमा ७ करोड ७७ लाख रुपैयाँ संचित गर्न सफल भएको छ । त्यस्तै, कम्पनीको वार्षिकी प्रतिशेयर आम्दानी दुई रुपैयाँ घटेर १२ रुपैयाँ १५ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ५६ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*