एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको २ कम्पनीको करिब ७ लाख कित्ता शेयर लिलामीमा

१३ माघ २०७८, बिहीबार ११:४७

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको दुई कम्पनीको ६ लाख ९६ हजार ९०२ कित्ता संस्थापक शेयर लिलामीमा आएको छ । नागरिक लगानी कोषको ३ लाख ३१ हजार ९०२ कित्ता र आरएमडिसी लघुवित्तको ३ लाख ६५ कित्ता संस्थापक शेयर लिलामीमा आएको हो ।

नागरिक लगानी कोषको शेयरको मूल्य प्रतिकित्ता १ हजार १८३ रुपैयाँ र आरएमडीसी लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता ४९४ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरि आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी माघ २० गते भित्र बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडमा आवेदन पेश गर्ने सक्नेछन । नागरिक लगानी कोषको भने प्रबन्धकसँगै एनआईसि एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय थापाथली काठमाडौं लगायत विभिन्न शाखा मार्फत आवेदन प्राप्त गर्न र बुझाउन सकिने ब्यवस्था रहेको छ ।

साथै शेयर खरिदका लागि आवेदन दिन इच्छुकले न्यूनतम १ सय कित्ता देखि अधिकतम सम्पूर्ण कित्ता माघ गरि आवेदन दिन सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*