गुडविल फाइनान्सद्धारा शेयरधनीको बैंक खातामा नगद लाभाश जम्मा

१३ माघ २०७८, बिहीबार ११:४९

काठमाडौं । गुडवील फाइनान्स लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । बैंकको पुस २९ गते सम्पन्न २७ औं वार्षिक साधारण सभाले पारित गरेको ३ दशमलव ९ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गरेको हो ।

पुस १५ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा गरेको र सो पश्चात अद्यावधिक गराएका शेयरधनीको हकमा समेत क्रमश बैंक खातामा नै नगद लाभांश जम्मा गर्नेछ ।

साथै हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुले यथाशिघ्र डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्यकोमा सम्पर्क गरी शेयर प्रमाणपत्र अभौतिकरण गर्न अनुरोध समेत कम्पनीले गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*