मञ्जुश्री फाइनान्सको नगद लाभांश शेयरधनीको बैक खातामा

१३ माघ २०७८, बिहीबार १२:१७

काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ । कम्पनीको पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको ६ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गरेको हो ।

पुस १४ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरेको हुदाँ सो मिति पश्चात बैंक खाता अद्यावधिक गराएका शेयरधनीको खातामा समेत क्रमश जम्मा गर्ने बैंकले जनाएको छ ।

साथै हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुले यथाशिघ्र डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्यकोमा सम्पर्क गरी शेयर प्रमाणपत्र अभौतिकरण गर्न अनुरोध समेत कम्पनीले गरेको छ । कम्पनीको शेयर रजिस्ट्रारका रुपमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*