अभियान लघुवित्तले ९ लाख ७५ हजार कित्ता आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

१३ माघ २०७८, बिहीबार १७:२३

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सम्झौता पत्रमा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारी र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन । कम्पनीले १ सय रुपैयाँ अंकित दरको ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ कित्ता सधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*