माघ २१ देखि जाल्पा सामुदायिक लघुवित्तको आइपीओ निष्काशन हुने

१४ माघ २०७८, शुक्रबार ११:००

काठमाडौं । लामो समयको अन्तरालपछि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । केही महिनायता नेपाल धितोपत्र बोर्ड (सेबोन)ंमा अध्यक्षबिहिन रहँदा धेरै कम्पनीहरुको आइपीओ प्रस्ताव पाइपलाईनमा रहेको थियो ।

कम्पनीले माघ २१ गतेदेखि अंकित मूल्य १०० रुपैयाँका दरले ५ लाख २२ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । जसमध्ये साधारण शेयर मध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् ८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र सर्वसाधारणलाई छुट्याइएको शेयर मध्येको ५ प्रतिशत अर्थात् ३६ हजार १०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी सुरक्षित ४ लाख ८७ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

आवेदकले उक्त शेयरमा आवेदन दिदा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार २२० कित्ता सम्मका लागि माग गर्न पाउनेछन् । उक्त शेयर माघ २१ गतेदेखि निष्काशन खुल्ला भई छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गते बन्द हुनेछ ।

कम्पनीको उक्त शेयरमा धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । अर्थात् मेरो शेयर वेबसाइट वा एपबाट पनि इच्छुक आवेदकले आवेदन दिन सक्नेछन् ।

कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिट लिमिटेड रहेको छ भने इक्रा नेपाल लिमिटेडले रेटिङ प्रदान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*