वोमी लघुवित्तको खुद नाफामा उल्लेख्य प्रगती, अधिकांश सूचक सकारात्मक

१४ माघ २०७८, शुक्रबार ११:३०

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार संस्थाले खुद नाफामा छलाङ मारेको छ ।

चालु आवको पुष मसान्तसम्ममा लघुवित्तले ८ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा ६५ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्ममा संस्थाले ५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, समिक्षा अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी र संचालन मुनाफामा पनि उल्लेख्य प्रगती गरेको छ । जसको बावजुत कम्पनीले खुद नाफा बृद्धि गर्न पुगेको हो । गत आवको तुलनामा संस्थाको खुद ब्याज आम्दानी ७७.४८ प्रतिशतले बृद्धि भएर २० करोड ७४ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आवमा संस्थाले यस्तो आम्दानी ११ करोड ६८ लाख ६८ हजार रुपैयाँ गरेको थियो ।

त्यस्तै, संचालन मुनाफा पनि गत आवमा तुलनामा यस आवमा ६१.९४ प्रतिशतले बृद्धि भएर १३ करोड ६५ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।
चालु आवको दोस्रो त्रैसमासम्ममा संस्थाले २ अर्ब १४ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ६ करोड ९१ लाख रुपैयाँ सापटी लिएर ५ अर्ब ६९ करोड १४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यस अवधिसम्ममा संस्थाको चुक्तापूँजी ३६ करोड १२ लाख रुपैयाँबाट बृद्धि भई ४९ करोड ४३ लाख ३३ हजार रुपैयाँ रहेकोमा संस्थाले जगेडा कोषमा ३० करोड ८६ लाख ६३ हजार रुपैयाँ संचित गर्न सफल भएको छ । समिक्षा अवधिसम्ममा कम्पनीको वार्षिकी प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ४९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ४४ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*