खुद ब्याज आम्दानी बढेपनि स्वभिमान लघुवित्तको नाफा घट्यो, अन्य सूचक कस्तो ?

१४ माघ २०७८, शुक्रबार ११:५४

काठमाडौं । स्वभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार संस्थाको खुद नाफामा गिरावट आएको छ ।

चालु आवको पुष मसान्तसम्ममा संस्थाले २ करोड १९ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा २१ प्रतिशतले कमी हो । गत आवको यसै अवधिसम्ममा संस्थाले २ करोड ८० लाख ५४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी बढेको छ भने संचालन मुनाफा घट्न पुगेको छ । गत आवको तुलनामा संस्थाको खुद ब्याज आम्दानी यस आवमा २५ प्रतिशतले बृद्धि भई ५ करोड ५३ लाख ९० हजार पुगेको छ । गत आवको यसै अवधिसम्ममा संस्थाको यस्तो आम्दानी ४ करोड ४१ लाख ११ हजार रुपैयाँ रहेको थियो ।

साथै संचालन मुनाफा भने गत आवको तुलनामा यस अवधिसम्ममा ३४ प्रतिशतले घटेर २ करोड २७ लाख ६० हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिसम्ममा संचालन मुनाफा ३ कराृड ४६ लाख ७४ हजार रुपैयाँ रहेको थियो । यस आवमा कम्पनीको संचालन मुनाफामा उल्लेख्य बृद्धि नहुँदा नाफा घट्न पुगेको हो ।

त्यस्तै, यस अवधिसम्ममा संस्थाले ५९ करोड ४४ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब २५ करोड ७० लाख रुपैयाँ सापटी लिएर १ अर्ब ८९ करोड ९१ लाख २८ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ ।

समिक्षा अवधिसम्ममा कम्पनीको चुक्तापूँजँी ७ करोड ६७ लाख रुपैयाँबाट बढेर १२ करोड १७ लाख रुपैयाँ पुगेकोमा संस्थाले जगेडा कोषमा ५ करोड ३४ लाख २७ हजार रुपैयाँ संचित गरेको छ । त्यस्तै, यस अवधिसम्ममा कम्पनीको वार्षिकी प्रतिशेयर आम्दानी ३६ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ८७ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ५६.३३ रुपैयाँ र तरलता अनुपात १४.९४ प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*