चिलिमे जलविद्युतद्धारा नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्न सुरु

१४ माघ २०७८, शुक्रबार ११:५९

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले नगद लाभांश वितरण सुरु गरेको छ । कम्पनीले माघ ५ गतेदेखि यस वर्षको कर समेत ७ दशमलव ५ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गर्ने सुरु गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७ दशमलव ५ प्रतिशतत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो । बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात सम्बन्धीत शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा गर्ने कम्पनीले जनाएको छ ।

साथै, कम्पनीको नगद लाभांश सम्बन्धीत शेयरधनीहरुको बैंक खातामा जम्मा गरिने भएकाले हालसम्म बैंक खाता अद्यावधिक नगराएकाहरुलाई यथासिघ्र गराउने कम्पनीले अनुरोध समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*