राष्ट्र उत्थान लघुवित्तको खुद नाफामा छलाङ

१४ माघ २०७८, शुक्रबार १२:५०

काठमाडौ.। राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा खुद नाफामा छलाङ मारेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमाससम्मको विवरणअनुसार संस्थाको खुद नाफा १४८ प्रतिशतले बृद्धि भएको हो ।

गत आवमा १ करोड ४८ लाख १९ हजार खुद नाफा कमाएको संस्थाले सोही प्रतिशतले बढेर यस आवको समिक्षा अवधिसम्ममा ३ करोड ६८ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

चालु आवको पुष मसान्तसम्ममा संस्थाको खुद ब्याज आम्दानी र संचालन मुनाफामा उल्लेख्य प्रगती प्रगती देखिएको छ । खुद ब्याज आम्दानी ५७ प्रतिशतले बढेर ११ करोड २२ लाख ६९ हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १५२ प्रतिशतले बढेर ५ करोड ७३ लाख १७ हजार रुपैयाँ पुगेको छ ।

गत आवको यसै अवधिसम्ममा संस्थाले खुद ब्याज आम्दानी ७ करोड ११ लाख ८० हजार रुपैयाँ र संचालन नाफा २ करोड ७३ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको थियो । यस आवमा लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफामा उत्कृष्ट सुधार आएसँगै कम्पनीले नाफामा उल्लेख्प्य बृद्धि गरेको हो ।

त्यस्तै, यस अवधिसम्ममा लघुवित्तले ७२ करोड ९८ लाख ११ हजार रुपैयाँ निक्षेप संकलन तथा २ अर्ब १३ करोड ४ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट सापटी लिई ३ अर्ब २ लाख ८१ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ ।

समिक्षा अवधिसम्ममा कम्पनीको चुक्तापूँजी १७ करोड ५० लाख रुपैयाँ रहेकोमा जगेडा कोषडा कोषको आकार ७९.६७ प्रतिशतले बढाएर १५ करोड ४८ लाख ८६ हजार रुपैयाँ संचित गर्न सफल भएको छ । त्यस्तै, यस अवधिसम्ममा कम्पनीको एनपिएल घटेर १.०३ प्रतिशत र सिडी रेसियो बढेर ९९.७६ प्रतिशत पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*