बैंक अफ काठमाण्डूको संस्थापक शेयर लिलामीमा

१४ माघ २०७८, शुक्रबार १२:५६

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २६ हजार ३५२ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

उक्त शेयर प्रतिकित्ता न्यूनतम २१० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अकिंत गरि आवेदन दिन सक्नेछन् ।

बैंकका संस्थापक शेयरधनी मृगेन्द्र प्रधानाङले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको छ । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी कम्पनीको सचिव कार्यालयमा आवेदन पेश गर्ने सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*