२१ प्रतिशत लाभांश पारित गर्दै नाडेप लघुवित्तको साधारण सभा सम्पन्न

१४ माघ २०७८, शुक्रबार १५:५५

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा आज (माघ १४ गते) धादिङको नौविसेस्थित नौविसे एग्रो रिसोर्ट भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति गर्ने सम्झौता बदर भएकाले उक्त निर्णयलाई अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, कम्पनीले संस्थापक समूह तर्फबाट पिताम्बर प्रसाद आचार्य, हरिकृष्ण सुवेदी, निरज कुमार बस्नेत डनिल र वेद प्रसाद सिवाकोटीलाई संचालकमा निर्विरोध निर्वाचित भएका छन् ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले १६ गतेदेखिनै बुक क्लोज गरेको हुदाँ पुस १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*