साधना लघुवित्तको खुद नाफामा ११५ प्रतिशतको उछाल, अधिकांश सूचक सकारात्मक

१६ माघ २०७८, आईतवार ११:०१

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाले खुद नाफामा उल्लेख्य प्रगती गरेको छ ।

चालु आवको पुष मसान्तसम्ममा संस्थाले ७ करोड ५७ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा ११५ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्ममा संस्थाले ३ करोड ५० लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी र संचालन मुनाफामा पनि उत्कृष्ट बृद्धि भएको छ । गत आवमा ९ करोड २१ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले यस अवधिसम्ममा ३८ प्रतिशतले बढाएर १४ करोड ८८ लाख ५० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

त्यस्तै संचालन मुनाफा पनि गत आवको तुलनामा १०९.४४ प्रतिशतले बढेर १० करोड ४१ लाख ५६ हजार रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । गत आवको यसै अवधिसम्ममा कम्पनीले यस्तो मुनाफा ४ करोड ९७ लाख ३० हजार रुपैयाँ मात्र रहेको थियो । कम्पनीले यस अवधिसम्ममा खुद ब्याज आम्दानी र संचालन मुनाफामा छलाङ मारेसँगै खुद नाफामा उल्लेख्य बृद्धि हुन पुगेको हो ।

त्यस्तै चालु आवको पुष मसान्तसम्ममा कम्पनीले १ अर्ब २१ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाहरुबाट ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ सापटी लिइ ४ अर्ब ९४ करोड ३३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यस अवधिसम्ममा कम्पनीको चुक्तापूँजी २१ करोड ७७ लाख रुपैयाँबाट बृद्धि भई ३२ करोड १२ लाख २५ हजार रुपैयाँ पुगेको छ भने संस्थाले जगेडा कोषको आकार बढाएर १३ करोड ६९ लाख २१ हजार रुपैयाँ संचित गर्न सफल भएको छ ।

समिक्षा अवधिसम्ममा कम्पनीको वार्षिकी प्रतिशेयर आम्दानी ४७ रुपैयाँ १८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ६२ पैसा रहेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात २९.५३ रुपैयाँ र तरलता अनुपात २०.८५ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*