रुरु जलविद्युतको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

१६ माघ २०७८, आईतवार ११:०६

काठमाडौं । रुरु जलविद्युत परियोजना जलविद्युत लिमिटेडले बोनस शेयर शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । कम्पनीको असोज १६ गते सम्पन्न वार्षिक साधारण सभाले १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

सोही बोनस शेयर कम्पनीले माघ ९ गते धितोपत्र दोस्रो बजारमा सूचिकृत गराई असोज ६ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको हो ।

उक्त मितिपश्चात शेयर अभौतिकीकरण गराउने सदस्यहरुको पनि क्रमशः हितग्राही खातामै बोनस शेयर जम्मा गरीने हुदाँ हालसम्म शेयर अभौतिकीकरण नगराएका सदस्यहरुलाई यथासिघ्र गराई आफ्नो बोनस शेयर प्राप्त गर्न कम्पनीले अनुरोध गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*