खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेसँगै मानुषी लघुवित्तको नाफामा उत्कृष्ट सुधार, प्रतिशेयर आम्दानी कति ?

१६ माघ २०७८, आईतवार ११:३२

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा खुद नाफामा उल्लेख्य सुधार गरेको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमाससम्मको विवरणअनुसार साढे १ करोड खुद नाफा आर्जन गर्न सफल भएको छ ।

गत आव ४६ लाख ५५ हजार रुपैयाँ खुद नोक्सानमा रहेको संस्थाले यस आवको पुष मसान्तसम्ममा २२५ प्रतिशतले बृद्धि भई १ करोड ५१ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

यस अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी र संचालन मुनाफामा सुधार आएसँगै गत आवमा ऋणात्मक रहेको खुद नाफा यस आवसम्ममा धनात्मक भएको हो । गत आव संस्थाले ३ करोड ८३ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यस आवमा २८.७६ प्रतिशतले बढेर संस्थाले ४ करोड ९४ लाख ४२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

साथै संचालन मुनाफा पनि गत आवको यसै अवधिसम्ममा ४६ लाख ५५ हजार रुपैयाँ ऋणात्मक रहेकोमा यस अवधिसम्ममा बढेर २ करोड २० लाख २० हजार रुपैयाँ पुगको छ । जसकारण कम्पनीको खुद नाफामा सुधार आएको हो ।

संस्थाले यस अवधिसम्ममा ७१ करोठ ३ लाख रुपैयाँ निक्षेप संकलन गरी बैंक तथा वित्तीय संस्थाहरुबाट ४९ करोड २३ लाख रुपैयाँ सापटी लिएर १ अर्ब ३२ करोड ७७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

त्यस्तै यस अवधिसम्ममा संस्थाको चुक्तापूँजी ७ करोडबाट बृद्धि भई १० करोड ९३ लाख रुपैयाँ पुगेको छ भने संस्थाले जगेडा कोषको आकार समेत बढाएर ४ करोड ८१ लाख १८ हजार रुपैयाँ संचित गरेको छ ।

समिक्षा अवधिसम्ममा संस्थाको वार्षिकी प्रतिशेयर आम्दानी २७ रुपैयाँ ६७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ९९ पैसा पुगेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात ५७.८३ रुपैयाँ र तरलता अनुपात ३.८ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*