आइएमई लाइफ इन्स्योरेन्सद्धारा ११ लाख मृत्यु दावी भुक्तानी

१६ माघ २०७८, आईतवार १२:५०

काठमाडौं । आईएमई लाइफ लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावीको ११ लाख १८ हजार रुपैयाँ भुक्तानी गरेको छ ।कम्पनीको खाँदबारी शाखाले बीमित पाँचखपन –६ स्थित वानाका टोल बस्ने ३५ वर्षीया दिलसा गिरीको आफन्तलाई ११ लाख १८ हजार रुपैयाँको चेक एक कार्यक्रमका बीच हस्तान्त्रण गरिएको आईएमई लाइफ लाइफ इन्स्योरेन्स शाखा कार्यालय खाँदबारीका प्रमुख कृष्ण श्रेष्ठले बताए ।

बीमित गिरी बैदेशिक रोजगारका सिलसिलामा श्रीलंकामा गत साउन १४ गते मृत फेला परेकी थिइन् । मृतक गिरीले २०७५ जेठ १८ गते १० लाख रुपैयाँको जीवन विमा गराएकी थिइन् ।
तेस्रो किस्ता बापत गिरीले १ लाख ९८ हजार दुई सय ७० रुपैया मात्र बुझाएकोमा उनको मृत्यु भएको थियो । कम्पनीेले बीमाङ्क रकममा बोनस थपेर भुक्तानी गरेको हो शाखा प्रमुख श्रेष्ठले बताए । हिजो मंगलबार खाँदबारीमा एक कार्यक्रमका बीच मृत्यु दाबी रकम मृतक दिलसाका बुबा चन्द्र बहादुर गिरीलाई हस्तान्तरण गरिएको हो ।

उक्त मृत्यु दाबी रकम आईएमई लाइफ लाइफ इन्स्योरेन्स कम्पनीका प्रदेश नम्बर १ का सहायक प्रदेश प्रमुख ओम प्रकाश राई जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्य, उद्योग बाणिज्य संघ संखसवासभाका अध्यक्ष कृष्णभगत प्रधानको उपस्थितीमा हस्तान्तरण गरिएको हो । जीवन विमा गर्दा आफु र आफ्नो परिवारलाई फाइदा पुग्ने जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्यले बताए । विमाको दायरा बढाउन सबै पक्ष हातेमाले गरेर लाग्नु पर्ने जिसस प्रमुख शाक्यले बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*