एनसीसी बैंकको साढे ७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

१६ माघ २०७८, आईतवार १३:०७

काठमाडौं । एनसीसी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएकोा छ । बैंकले संस्थापक समूह तर्फको ७ लाख ५९ हजार ३७२ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैकका संस्थापक शेयरधनी कोषराज वन्तले ३ लाख ८ हजार, बोध प्रसाद त्रिपाठीले १ लाख ८ हजार, मेनका लामाले १ लाख ४ हजार, दिपक लामाले ९५ हजार ७६७ , कैलाश प्रतीन्द्र अमात्यले ८७ हजार ३३५, अम्बर बहादुर तामाङले ४१ हजार ८३ र गिरिराज शर्मा संग्रौलाले १४ हजार २१ कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक बैंकका संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरि सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको बागबजार काठमाडौंमा रहेको शेयर बिभाग कार्यालयमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*