निफ्राको शेयरमा सकारात्मक सर्किट

१६ माघ २०७८, आईतवार १३:४९

काठमाडौं । साताको पहिलो दिन शेयर बजार खुलेको करिब ढाई घण्टामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो समाचार तयार पार्दासम्म कारोबारमा आएका २२४ कम्पनीमध्ये निफ्राको शेयर सर्वाधिक ४ लाख २७ हजार ८७ कित्ता माग रहेकाले कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।

अघिल्लो कारोबार दिनको तुलनामा कम्पनीको शेयर १० प्रतिशत अर्थात् ३४ पैसाले बढेर शेयरमूल्य ३७५ रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*