अपि पावरमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१६ माघ २०७८, आईतवार १५:०८

काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा उछाल आएको छ । गत साता घटबढको उतारचढाव भएको नेप्से परिसूचक आज १०५.५५ अंकले बृद्धि भएको छ ।

नेप्सेमा सूचीकृत २३१ कम्पनीको १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३८ रुपैयाँको कारोबार भएको छ ।

गत साता ३ अर्बसम्म खुम्चिएको कारोबार आज ६ अर्बमाथि पुगेको छ । सोही रकम बराबरको कारोबार हुँदा सर्वाधिक अपि पावर कम्पनीको भएको छ । कम्पनीको आज एकैदिन २६ करोड १५ लाख १६ हजार १३४ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, एनटिसीको २३ करोड ६२ लाख, एचआइडिसिएलको २३ करोड ३ लाख, अरुण भ्याली हाइड्रोपावरको २१ करोड ९६ लाख र अपर तामाकोशीको १४ करोड ११ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*