नेप्सेमा उछाल, १०५ अंकले बृद्धि हुुँदा ६ अर्बमाथिको कारोबार

१६ माघ २०७८, आईतवार १५:१५

काठमाडौं । साताको पहिलो दिन आइतबार बजारमा उछाल आएको छ । गत साता घटेको शेयर बजार आज १०५.५५ अंकले बृद्धि भएको हो ।
केही समययता क्रमशः घटेको नेप्से परिसूचक आज ३.८० प्रतिशतले बृद्धि भएर २८८५.५३ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत २३१ कम्पनीको १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३८ रुपैयाँको कारोबार भएको छ । गत साताको तुलनामा कारोबार रकम पनि बढेको छ । गत साताको अन्तिम दिन ३ अर्बसम्म खुम्चिएको कारोबार आज ६ अर्बमाथि पुगेको छ ।

त्यस्तै, आज नेप्सेमा सय अंक माथिको बृद्धि हुँदा पाँच कम्पनीको शेयरमा सर्किट लागेको छ भने सर्वाधिक अपि पावर कम्पनीको खरिदबिक्री भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*