५ कम्पनीको शेयरमा सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

१६ माघ २०७८, आईतवार १५:२०

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा हरियाली छाएको छ । गत साताको अन्तिम कारोबारको दिन ३.२९ अकंले वृद्धि भएको नेप्से आज साताको पहिलो दिन भने १०५.५५ अकंले वृद्धि भएको हो ।

आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३१ कम्पनीको १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता शेयर किनबेच हुदाँ ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्से आज उच्च अकंले वृद्धि हुदाँ समेत कारोबार भने तुलनात्मक रुपमा बढ्न सकेको छैन । आज नेप्सेमा उछाल आउँदा ५ कम्पनीको शेयरमा सर्किट लागेको छ । आज विन नेपाल लघुवित्त, लिबर्टी इर्नजी, शिव श्री हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रचर बैंक र बुद्ध भुमि नेपाल हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।

त्यस्तै, अरुण भ्यालि हाइड्रोपावरको  ९.०२ प्रतिशत, हिमालयन उर्जा विकासको ८.८५ प्रतिशत, प्रोगेरेसिभ फाइनान्सको ८.३९ प्रतिशत र हिमाल दोलाखा हाइड्रोपावरको ८.३१ प्रतिशतले वृद्धि भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*