फरवार्ड लघुवित्तको खुद नाफामा उछाल, कर्जा परिचालन साढे १९ अर्ब नाघ्यो

१७ माघ २०७८, सोमबार ११:०२

काठमाडौं । फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसा लघुवित्तले खुद नाफामा उच्च प्रगति गरेको छ ।

गत आवको यसै अवधिसम्ममा २२ करोड ५० लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको संस्थाले चालु आवको पुष मसान्तसम्ममा १०३ प्रतिशत बृद्धि गरी ४५ करोड ८० लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यस अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी र संचालन मुनाफा पनि उत्कृष्ट सुधार आएको छ । यस अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी २२.७२ प्रतिशतले बढेर ७३ करोड ८२ लाख ७२ हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा पनि १००.३५ प्रतिशतले बृद्धि भएर ७० करोड ८२ लाख १७ हजार पुगेको छ ।

गत आवको यसै अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी ६० करोड १५ लाख रुपैयाँ र संचालन मुनाफा ३५ करोड ३५ लाख रुपैयाँ रहेको थियो । खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेसँगै कम्पनीको नाफामा उछाल आएको हो ।

त्यस्तै, यस अवधिसम्ममा संस्थाले ७ अर्ब ३३ करोड २२ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब ३८ करोड रुपैयाँ सापटी लिई १९ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

समिक्षा अवधिसम्ममा कम्पनीको चुक्तापूँजी ६२ करोड ५५ लाख रुपैयाँ रहेकोमा संस्थाले १ अर्ब ७१ करोड ९० लाख रुपैयाँ जगेडा कोषमा संचित गरेको छ । त्यस्तै संस्थाको वार्षिकी प्रतिशेयर आम्दानी १४६ रुपैयाँ ४७ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ ३४७ रुपैयाँ ८२ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*