मेरो माइक्रोफाइनान्सको खुद नाफा ८९ प्रतिशतबले बृद्धि, अधिकांश सूचकमा देखियो सुधार

१७ माघ २०७८, सोमबार ११:२०

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा खुद नाफामा छलाङ मारेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाले २६ करोड ६५ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिसम्ममा संस्थाले १४ करोड ७ लाख ३२ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन यस आवको तुलनामा ८९.४१ प्रतिशतले कमी हो ।

यस अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी पनि ८८.७० प्रतिशतले बृद्धि भएर ५७ करोड १० लाख ४७ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिसम्ममा संस्थाको यस्तो आम्दानी ३० करोड २६ लाख १३ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, संचालन मुनाफा पनि यस अवधिसम्ममा ९९.५० प्रतिशतले बढेर ३३ करोड १७ लाख २८ हजार पुगेको छ । गत आवको यसै अवधिसम्ममा संस्थाको यस्तो नाफा १६ करोड ६२ लाख ७६ हजार रुपैयाँ रहेको थियो । यस आवको पुष मसान्तसम्ममा संस्थाले खुद ब्याज आम्दानी र संचालन मुनफामा उत्कृष्ट सुधार गरेसँगै कम्पनीको नाफामा उछाल आएको हो ।

कम्पनीेले यस अवधिसम्ममा २ अर्ब ९५ करोड ९० लाख रुपैयाँ भन्दा बढी कर्जा परिचालन गरेको छ भने बैंक तथा वित्तीय संस्थाबाट ११ अर्ब ३५ करोड ३२ लाख रुपैयाँ सापटी लिई १६ अर्ब २७ करोड ४ लाख भन्दा बढी कर्जा परिचालन गरेको छ ।

यस अवधिसम्ममा संस्थाको चुक्तापूँजी १ अर्ब २० करोड रुपैयाँ रहेकोमा संस्थाले जगेडा कोषमा ६४ करोड ९० लाख रुपैयाँ संचित गरेको छ । त्यस्तै, संस्थाको वार्षिकी प्रतिशेयर आम्दानी ४४ रुपैयाँ ४३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ९ पैसा रहेको छ । त्यस्प्तै, मूल्य आम्दानी अनुपात २८.७० रुपैयाँ र तरलता अनुपात १.७८ प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*