संचालन मुनाफा घट्दा एनएमबी लघुवित्तको नाफा घट्यो, अन्य सूचक कस्तो ?

१७ माघ २०७८, सोमबार ११:२६

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा घट्न पुगेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा कम्पनीको खुद नाफा ६.२० प्रतिशतले घटेर भइ ७ करोड २५ लाख ७७ हजार रुपैयाँमा पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ७ करोड ७० लाख ८४ हजारमा रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दाीमा सामान्यले वृद्धि भएको छ भने संचालन नाफामा गिरावट आएको छ । कम्पनीको खुद ब्याज आम्दानी १०.२२ प्रतिशतले वृद्धि भइ २३ करोड १६ लाख ३१ हजार रुपैयाँ पुगेको छ । संचालन नाफा भने ५.४० प्रतिशतले घटेर ११ करोड ५३ लाख ९४ हजार रुपैयाँमा सिमित भएको छ । खुद ब्याज आम्दानी बढेपनि संचालन नाफा घट्दा कम्पनीको नाफामा सुधार आउन नसकेको हो ।

दोस्रो त्रैमाससम्ममा आइपुग्दा कम्पनीको चुक्तापूँजी ६५ करोड ५८ लाख ६३ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोष २८.८१ प्रतिशतले बढेर ३१ करोड ३३ लाख ८८ हजार रुपैयाँ रहेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी वार्षिकी २२.१३ रुपैयाँ र प्रति शेयर नेटवर्थ १४७.७८ रुपैयाँ रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*