चालु आवको पुष मसान्तसम्ममा स्वरोजगार लघुवित्तको नाफा ९ करोडमाथि, इपिएस कति?

१७ माघ २०७८, सोमबार ११:४०

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तले खुद नाफा उल्लेख्य सुधार गरेको छ ।

समिक्षा अवधिसम्ममा संस्थाले ९ करोड १ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा ३६.२४ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्ममा संस्थाले ६ करोड ६१ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्ममा कम्पनीको चुक्तापूँजी ३६ करोड ५९ लाख रुपैयाँबाट बढेर ५१ करोड ५४ लाख पुगेकोमा कम्पनीले यस अवधिसम्ममा ५७.११ प्रतिशतले बृद्धि गरी २१ करोड ३३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको यसै अवधिसम्ममा संस्थाको यस्तो आम्दानी १३ करोड ५७ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै संचालन मुनाफा पनि गत आवको तुलनामा १९.३९ प्रतिशतले बृद्धि गरी १२ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आवमा संस्थाको यस्तो मुनाफा १० करोड ६७ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । यस अवधिसम्ममा संस्थाले खुद ब्याज आम्दानीमा उल्लेख्य प्रगति र ऋणात्मक रहेको संचालन मुनाफा धनात्मकमा परिवर्तन गर्न सफल भएसँगै खुद नाफामा उल्लेख्य बृद्धि भएको हो ।

चालु आवको पुष मसान्तसम्ममा संस्थाले २ अर्ब ९१ करोड १० लाख रुपैयाँ निक्षेप संकलन तथा ७ अर्ब ६ करोड ६४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ भने जगेडा कोषको आकार बढाएर १८ करोड ३५ लाख रुपैयाँ संचित गर्न सफल भएको छ ।

यस अवधिसम्ममा संस्थाको वार्षिकी प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ८ पैसा र प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ७० पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*