साढे ५८ करोड चुक्तापूँजी रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्तको खुद नाफा १३ करोडमाथि

१७ माघ २०७८, सोमबार १२:२६

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा २४ करोड ६१ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार खुद नाफामा प्रशंसनीय प्रगति गरेको हो ।

गत आवको यसै अवधिसम्ममा कम्पनीले १३ करोड ४१ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा यस अवधिसम्ममा ८३.४३ प्रतिशतले बृद्धि गरी २४ करोड ६१ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

समिक्षा अवधिसम्ममा कम्पनीको खुद ब्याज आम्दानी र संचालन मुनाफामा उल्लेख्य सुधार आएको छ । खुद ब्याज आम्दानी यस अवधिसम्ममा ७२ प्रतिशतले बृद्धि भएर ४४ करोड ४० लाख ६५ हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८३ प्रतिशतले बढेर ३९ करोड ६ लाख ४० हजार रुपैयाँ पुगेको छ ।

गत आवको यसै अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी २५ करोड ७८ लाख रुपैयाँ र संचालन मुनाफा २१ करोड २९ लाख रुपैयाँ रहेको थियो । खुद ब्याज आम्दानी र संचालन नाफा बढेसँगै कम्पनीको खुद नाफामा उल्लेख्य सुधार आएको हो ।

चालु आवको पुष मसान्तसम्ममा संस्थाले २ अर्ब ८४ करोड ८९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६ अर्ब ४३ करोड ४९ लाख रुपैयाँ बैंक तथा वित्तीयण् संस्थाबाट सापटी लिई १० अर्ब २२ करोड ९४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यस अवधिसम्ममा कम्पनीको चुक्तापूँजी २६ करोड ४० लाखबाट बढेर ५८ करोड ६६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संस्थाले यस अवधिसम्ममा जगेडा कोषको आकार बढाएर ५९ करोड ४१ लाख ८३ हजार रुपैयाँ कोषमा संचित गरेको छ । कम्पनीको वार्षिकी प्रतिशेयर आम्दानी ८३.६७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २०१.२८ रुपैयाँ रहेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात ३२.३३ रुपैयाँ र तरलता अनुपात ७.५३ प्रतिशत रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*