खुद ब्याज आम्दानी र संचालन नाफामा सुधार आएसँगै इन्फिनिटी लघुवित्तको मुनाफा २७% ले बृद्धि

१७ माघ २०७८, सोमबार १२:३०

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाको खुद नाफामा सुधार आएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा ६ करोड ४९ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको संस्थाले चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा खुद नाफा २७.३८ प्रतिशतले बढेर ८ करोड २७ लाख ४८ हजार रुपैयाँ कमाउन सफल भएको हो ।

समिक्षा अवधि कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफामा सुधार आउदा कम्पनीको खुद नाफा वृद्धि हुन पुगेको छ । यसै अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६०.७३ प्रतिशतले वृद्धि भइ १७ करोड ५० लाख २५ हजार रुपैयाँ र संचालन नाफा २५.१९ प्रतिशतले बढेर ११ करोड १३ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।

दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको जगेडा कोषमा २८ करोड ४२ लाख ५ हजार रुपैयाँ संचित रहेको छ भने निक्षेप संकलनमा समेत सुधार आई १ अर्ब २९ करोड ९८ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।

यसै अवधिसम्ममा कम्पनीको चुक्तापूँजी ३२ करोड ४६ लाख ३ हजार रुपैयाँ रहेको छ । त्यस्तै, संस्थाको वार्षिकी प्रतिशेयर आम्दानी ५०.९८ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १८७.५५ रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*